Khabar Samachar

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को एउटा मतपेटिका शिल तोडिएको अवस्थामा भेटियो

210
VIEWS

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को एउटा मतपेटिका शिल तोडिएको अवस्थामा भेटिएपछि विवाद भएको छ।

लुम्बिनी वाणिज्य क्याम्पस केन्द्र (च) २ नं. मत पेटिकाको एउटा शिल खोलिएको भेटिएको हो।

यो मतपेटिका सँगै स्वस्तिक छाप पनि भेटिएपछि मतगणना अहिले त्यहाँ मतपेटिका रोकिएको छ।

उपमहानगरका अन्य वडाहरू ८ , ९ र १० मा मतगणना जारी रहेको छ।

बुटवलमा नेपाली कांग्रेसले मेयरमा अग्रता बनाइरहेको छ। उपमेयरमा एमाले अगाडि छ। वडा नम्बर ११ नगरपालिका सबैभन्दा धेरै मतदाता भएको ठाउँ हो। विवादपछि सर्वदलीय बैठक राख्ने तयारी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित