Skip to main content

Khabar Samachar

Search
Close this search box.

युगान्डाले जित्यो नेपाल विरुद्धको टी–ट्वान्टी सिरिज

207
VIEWS

युगान्डाले दुई खेलअगावै जित्यो नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ । बिहीबार भएको सिरिजको तेस्रो खेलमा युगान्डाले नेपाललाई ६ विकेटले हराउँदै दुई खेल अगावै सिरिज जित्न सफल भयो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको एक सय रनको लक्ष्य पछ्याएको युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर १०१ रन बनयो । युगान्डाका लागि केभिन विनोले सर्वाधिक ४२ रनको योगदान गरिन् । त्यस्तै जनेत बाबाजीले २७ रन बनाउँदा अन्य कुने ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् । त्यस्तै रुबिना क्षेत्री र इन्दु बर्माले एक–एक विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन् । ५४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् । नेपालका लागि कप्तान रुविना श्रेत्रीले १६ रन बनाउँदा सीता रानामगरले १२ रनको योगदान गरिन् ।

बलिङतर्फ युगान्डाका लागि फिओना कुलेमे, कोन्के वेको र सारहा किटेङले दुई–दुई विकेट लिइन् । त्यस्तै जानेट बाबाजी र रिता मुसामालीले एक–एक विकेट लिइन् । यो जितसँगै युगान्डाले पाँच खेलको सिरिज दुई खेल अगावै ३–० ले जितेको छ । दुई टोली बीचको चौथो टी–ट्वान्टी भोलि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित