Khabar Samachar

नवौं राष्ट्रिय खेलकुद सर्‍यो

205
VIEWS

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद सरेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् राखेपले पत्रकार सम्‍मेलनको आयोजना गर्दै नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने जानकारी दिएको छ ।

यसअघि जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको थियो।

बजेट कार्यन्वयनमा समस्या, समय अभाव, स्थानीय निर्वाचनका कारण साथै ११/१२ काे परीक्षासमेत परेकाले प्रतियोगिता सारिएको बताइएको छ ।

‘एसियन गेम्सलाई मुख्य टार्गेट गरेर छिटाे गर्ने निर्णय गरेकाे तर एसियन गेम्स पनि सर्‍यो । माैसमले पनि साथ नदिने भएकोले सार्नुपरेको हो’, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भने ।

प्रतियोगिताका लागि ६० करोड बजेट अनुमान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित