Khabar Samachar

गुजराज टाइटान्सले जित्यो इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि

240
VIEWS

कप्तान हार्दिक पाण्ड्याको अलराउण्ड प्रदर्शनको मद्दतमा गुजराज टाइटान्सले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ ।

पहिलो पल्ट आईपीएल क्रिकेट खेलिरहेको गुजराजले फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि उचालेको हो ।

गुजरातलाई उपाधि जिताउन कप्तान पाण्ड्याले बलिङतर्फ तीन विकेट मात्र लिइनन्, ब्याटिङतर्फ ३४ रन पनि बनाए ।

राजस्थानले टस जितेर पहिला ब्याटिङ गदै २० अभेरमा १३० रन बनाएको थियो । राजस्थानको ओपनरद्वय जोस बट्लरले ३९ र यशस्वी जयसवालले २२ रन बनाए ।

१३१ रनको लक्ष्य गुजरातले खेल सकिन ११ बल बाँकी छँदै भेट्टायो । राजस्थानलाई जिताउन नट आउट रहेका सुवमान गिलले ४५ र डेबिड मिलरले ३२ रन बनाए ।

लिगमा १४ मध्ये १० खेल जित्दै पहिलो भएको गुजरातले पहिलो क्वालिफायरमा लिगमा दोस्रो भएको राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।

क्वालिफायरमा पराजित भए पनि अर्को अवसरमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलोरलाई दोस्रो क्वालिफायरमा पराजित गरेर फाइनलमा गुजरातसँग भेट पक्का गरेको हो । सन् २००८ मा भएको पहिलो संस्करणको च्याम्पियन राजस्थान त्यसयता पहिलो पटक फाइनल पुगेको भए पनि उपाधि जित्न असफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित