आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक (मई) दिवस। नेपालमा पनि आज विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ। मई दिवसको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।
विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्।
Discussion about this post