Khabar Samachar

Search
Close this search box.

बञ्चरेडाँडामा पक्राउ परेका ढुंगानासहितलाई बालुवाटारमा बोलाइयो

211
VIEWS

बुधबार दिउँसो बञ्चरेडाँडाबाट पक्राउ परेका स्थानीयलाई प्रधानमन्त्री निवास बालुवाटारबाट बोलावट भएको छ।

बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार प्रहरीले उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाएको भन्दै छाडेको हो।

संयोजक ढुंगानासहित ३ जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको थियो। पक्राउ परेका ढुंगाना, श्रीकृष्ण बजगाईँ र तपन उप्रेतीलाई ककनी प्रहरी चौकीमा राखिएको थियो।

रातभर प्रहरी चौकीमा राखेर केही बेरअघि छाडिएको उनले बताए। अहिले काठमाडौं आउन लागेको ढुंगानाले जानकारी दिए। हिरासतमा राखिएका उनीहरुलाई प्रहरीले यातना नदिएको ढुंगानाले बताए।

‘प्रधानमन्त्रीकहाँ वार्ता गर्ने र तपाईंहरु त्यहाँ जानुपर्छ भनेर उहाँहरुले भन्नुभएको छ,’ उनले भने, ‘काठमाडौं बोलाइएको भएपनि कहाँ बस्ने र कसरी वार्ता हुने भन्नेबारे केही पनि जानकारी भएको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित