एएफसी एसियन कप छनोट अन्तर्गत शनिबार भएको फुटबल खेलमा नेपाल कुवेतसँग ४-१ ले पराजित भएको छ।कुवेतको कुवेत सिटीस्थित जाबेर अह अहमद इन्टरनेशनल स्टेडियममा नेपाल र कुवेत खेल्दा खेलसँगै धेरैको नजर प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीतर्फ थियो।कुवेती नागरिक अल्मुताइरी नेपाली फुटबल टिमका प्रशिक्षकका रुपमा छन्। उनी नेपाली टिमको प्रशिक्षक बनेर दोस्रो पटक आफ्नो जन्म देश कुवेत पुगेका हुन्।
शनिबार नेपालविरूद्ध घरेलु टिम कुवेतका योसेफ नासेरले दुई गोल गरे। दुवै गोल दोस्रो हाफमा गर्ने क्रममा उनले ४८ र ७० मिनेटमा गोल गरेका थिए।
त्यसअघि खेलको २८ मिनेटमा फहाद अल रासिदीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। कुवेतका लागि चौथो गोल अल फनेहीले ७३ मिनेटमा गरेका थिए।
दोस्रो हाफमा नेपालका कप्तान नवयुग श्रेष्ठको प्रहार बारमा लाग्दा नेपाल गोल गर्न चुकेको थियो। यद्यपी नेपालका लागि दर्शन गुरुङले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
जहाँ उनले पहिलो पटक आफ्नै देश कुवेतको विपक्षमा रहेर नेपालतर्फको प्रशिक्षक सम्हालेका थिए।
Discussion about this post