Khabar Samachar

Search
Close this search box.

अमेरिकासँग नेपाल ३९ रनले पराजित

204
VIEWS

विश्वकप लिग-२ अन्तर्गत अमेरिकाका भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग ३९ रनको हार ब्यहोरेको छ।

बिहीबार बिहान सम्पन्न भएको खेलमा २ सय ४६ रनको लक्ष्य पाएको नेपाली टोली १४ बल खेल्न बाँकी रहँदा २ सय ६ रनमा समेटिएको हो। नेपालका लागि आरिफ शेखले ६३, सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेखले १८, रोहित पौडेलले १६, कुशल भुर्तेलले १० र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए।

आरिफ र सोमपालबीच छैटौँ विकेटका लागि सतकीय साझेदारी भएपनि नेपालले हार टार्न सकेन। ९३ रन जोड्दा ५ विकेट गुमाएको नेपालले छैटौँ विकेटका लागि एक सय ६ रनको साझेदारी गरेको हो। एक सय ९९ रन जोड्दा नेपालको उक्त साझेदारी तोडिएको थियो।

४५ औँ ओभरको चौथो बलमा सौरभ नेत्रभल्करले आरिफलाई आउट गरेपछि नेपाल संकटमा परेको थियो। नेपालल‍े ७ रनका लागि अन्तिम पाँच विकेट गुमाएको थियो। आदिल खान ४, करन केसीले १ रन बनाएभने सन्दीप लामिछानेले खाता खोल्न सकेनन्।

अमेरिकाका नेत्रभल्कर र अलि खानले तीन तीन विकेट लिए। त्यसअघि टस हारेपछि ब्याटिङको जिम्मा पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो। अमेरिकाको पालीमा गजानन्द सिंहले ५८, सुशान्त मदानीले ५४, आरोन जोन्सले ४३ र सैतेजा मक्कामल्लले ३६ रन बनाए। ८ रन जोड्दा दुई विकेट गुमाएको अमेरिकाले तेस्रो विकेटका लागि ८८ र पाचौँ विकेटका लागि ८५ रनको साझेदारी गरेको थियो। नेपालका करनले ३, सन्दीपले २ तथा सोमपाल र दीपेन्द्रले एक एक विकेट हात पारेका थिए।

नेपाल १६ खेलबाट १५ अंक जोडेर तालिकाको पाचौँ स्थानमा छ। २४ खेलबाट २३ अंक भएको अमेरिका चौथोमा छ। ३६ खेलबाट ओमानको ४४, स्कटल्यान्डको २० खेलबाट २८ र यूएईको २२ खेलबाट २६ अंक रहेको छ। नामिबियाको १४ खेलबाट १४ र पीएनजीको २० खेलबाट २ अंक छ। नेपालले प्रतियोगिताअन्तर्गत आगामी जुलाई स्कटल्यान्डमा अर्को त्रिकोणात्मक शृंखला खेल्दै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित