Khabar Samachar

नेपाल एसीसी महिला टी-२० को सेमिफाइनलमा

207
VIEWS

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनलाई ८ विकेटल‍े पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको बहराइनले ७ ओभरमा घटाइएको खेलमा नेपाललाई १५ रनको लक्ष्य दिएको थियो ।

यो सफलतासँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मंगलबार हुने समूहको अन्तिम खेलमा हङकङलाई पराजित गर्न सके नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुग्ने छ । दुई खेलबाट ४ अंक भएको हङकङले नेपाल र कुवेतसँग खेल्न बाँकी छ । नेपाली महिला टोली हालसम्म एसिसी महिला टी-२० को फाइनलसम्म पुग्न सकेको छैन ।नेपालले ३.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालको पालीमा सीता रानामगरले चार रन बनाइन् भने कविता जोशी २ रनमा अविजित रहिन् । ८ रन अतिरिक्त पाएको हो । इन्दु बर्माले भने खाता खोल्न सकिनन् ।

त्यसअघि बहराइनले ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । बहराइनको पालीमा इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालका कविता कुँवर र सबनम राईले दुई-दुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिए ।

समूह बीमा तीन खेलबाट ६ अंक भएको नेपाल तालिकाको शीर्षस्थानमा छ । अघिल्ला दुई खेलमा नेपालले भुटान र कुवेतलाई हराएको थियो । अन्तिम खेलमा हङकङसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित