Khabar Samachar

एनओसी अवार्ड : गल्फका दीपक मगरले पुरुषतर्फ उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए

368
VIEWS

नेपाल ओलम्पिक कमिटी ले ओलम्पिक दिवसको अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम सम्पन्न भएको छ ।  ।ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) काठमाडौंमा एक कार्यक्रम गरी खेलाडीहरु लाइ सम्मान गरेको छ।

गल्फका दीपक मगरले पुरुषतर्फके उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका छन । महिलातर्फ तेक्वान्दोकी संगिना वैद्यले अवार्ड जितिन् । उत्कृष्ट खेल संघको अवार्ड नेपाल तेक्वान्दो संघले पाएको छ ।ब्याडमिन्ट खेलाडी प्रिन्स दाहाल र पौडीकी गौरिका सिंहले एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् ।ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) काठमाडौंमा एक कार्यक्रम गरी प्रिन्सलाई पुरुष तर्फ र गौरिकालाई महिलातर्फ उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको हो ।

एनओसी)ले ४ विधाका उत्कृष्ट पत्रकारलाई पनि अवार्ड प्रदान गरेको छ । छापा माध्यमतर्फ राजु घिसिङ, भिजिअल माध्यम तर्फ सविना कार्की, मल्टिमिडियातर्फी निरञ्जन राजवंशी र फोटो पत्रकारतर्फ राजेन्द्र चित्रकारले अवार्ड हात पारेका छन् ।

अवार्ड प्राप्त गर्ने सबैले जनही ५० हजार रुपैयाँ प्राप्त गरे।

यस्तै एनओसी प्रेसिडेन्टियल रेकिग्नेशन अवार्डबाट स्व. शरदचन्द्र शाह, रुक्म शम्शेर राणा, पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, ध्रुव बहादुर प्रधान, विष्णु गोपाल श्रेष्ठ सम्मानित भए।

खेल पत्रकार श्याम चित्रकार, लोकभक्त राना, ओलम्पियन जित बहादुर केसी, बैकुण्ठ मानन्धर, सुधा सेन मल्ल, राष्टिय महिला फुटबल टोलीकी स्टाइकर सावित्रा भण्डारी सम्मानित भए।

आधुनिक ओलम्पिक स्थापना भएको दिनको अवसर पारेर हरेक वर्षको जुन २३ मा ओलम्पिक दिवस मनाउने गरिन्छ । एनओसीले पहिलो पल्ट यसपालि अवार्ड वितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित