Khabar Samachar

अन्तराष्ट्रिय अ‍ोलम्पिक दिवस को अवसरमा खेलकुद कार्यकम् सम्पन्न

205
VIEWS

अन्तराष्ट्रिय अ‍ोलम्पिक दिवस को अवसरमा काठमाण्डौको सानो भर्यांग अवस्थित स्वस्तिश्री गुरुकुलले जेष्ठ ३० गते देखि असार ९ गते १० दिनसम्म फरक फरक ७ खेलहरुमा विद्यालयका किण्डरगार्डेन देखि कक्षा १० सम्म अध्यययनरत करिब ३०० भन्दा बढी विद्यार्थीहरुका बीच प्रतिस्पर्धा गराइएको ओलम्पिक दिवस आज एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यमा समापन गरिएको छ । ओलम्पिक दिवसको आरम्भ स्केटिङ् सहितको उत्कृष्ट नृत्यद्दारा गरिएको थियो ।
विभिन्न खेलसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा सञ्चालन गरिएको उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष कोइरालाले स्थापना कालको छोटो समयमा नै विद्यालयले धेरै प्रशंसनीय कार्य गरेको कुरा समेत बताउनुभयो । विद्यालयमा पढाइका साथै बालबालिकाहरुका लागि खेलकुँदको अत्यन्त आवश्यकता पर्दछ जसले बालबालिकाको सर्वाङ्गीण विकास गर्दछ । अधिकांश खेलकालागि आवश्यक पूर्वाधार यस विद्यालयले व्यवस्था गरेको कुरा समेत व्यक्त गर्नु भयो । विद्यालयका ई सि ए कोअर्डिनेटर राकेशकुमार राईले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा विद्यालयले आयोजना गरेको विभिन्न सात खेलहरुमा प्रथम, द्धितीय,तृतीय र सहभागी हुने बालबालिकाहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेपाल बास्केटबल संघका अध्यक्ष भीम गुरुङ्, नेपाल रोल बल संघका महासचिव डिकेश प्रधान र ललितपुर टेवलटेनिस संघका अध्यक्ष सुदिल शाहीको पनि गरिमामय उपस्थिति रहेको उक्त कर्यक्रममा विद्यालयका सहायक प्राचार्य सुमन लामाले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपस्थित प्रमुखअतिथि लगायत सम्पूर्ण अतिथिहरुलाई विद्यालयकी प्रबन्ध निर्देशक मीना महर्जनले मायाको चिनो प्रदान गर्नु भएको थियो । अन्तराष्ट्रिय ओलम्पिक दिवस र खेलकुदको महत्वको वारेमा प्रकाश पार्दै कार्यक्रमको अध्यक्षता गर्नु भएका विद्यालयका अध्यक्ष रामकृष्ण चिकत्रकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुदको अत्यन्तै महत्व हुनेहुनाले सबै बालबालिकाहरुलाई खेलकुदमा लाग्न हौसला प्रदान गर्दै उपस्थित सबैलाई धन्यवात व्यक्त गरी कार्यक्रमको समापन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित