Khabar Samachar

नामिबियासँग नेपाल पराजित

216
VIEWS

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई ४० रनले पराजित गरेको छ।

सोमबार स्कटल्यान्डमा नामिबियाले दिएको २२१ रनको पछ्याएको नेपाल ४६.५ ओभरमा १८० रनमा अलआउट भयो।

नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ८४ बलमा नटआउट ५० रन जोडे। आरिफले २ चौका हिर्काउन सके।

नेपालका ओपनरद्वय कुशल भुर्तेल २७ रन र आसिफ शेख १४ रनमा आउट भए। देव खनालले ६५ बलमा ३४ रन जोडे।
रोहित पौडेल शून्यमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले ४ रन भन्दा बढी जोड्न सकेनन्। सोमपाल कामी र आदिल अन्सारी १०-१० रनमा आउट भए।

करण केसीले ११ बलमा २ चौका र १ छक्का हिर्काउँदै १९ रन जोडे। बासिर अहमेद ३ रनमा रनआउट र कप्तान सन्दीप शून्यमा आउट भए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४७.३ ओभरमा २२० रनमा अलआउट भयो।

नामिबियाका लागि जान इटनले अर्धशतक प्रहार गरे। सोमपाल कामीबाट आउट हुनुअघि उनले ६९ बलमा ६० रनको योगदान गरे।

ओपनरद्वय लो लाउरेन्सले १८ रन र डिभान ला ककले ४१ रन जोडे। क्राइग विलियम्सले २१ रन जोड्दा जान ग्रिनले ३ रन मात्र जोड्न सके।

यस्तै नामिबियाका कप्तान इरामसले दीपेन्द्रसिंह ऐरीबाट बोल्ड हुनुअघि ४९ बलमा २२ रन जोडे। जेजे स्मिथ १७ रन र डेभिड विसे १८ रनमा आउट भए।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। उनले १० ओभरमा ५४ रन खर्चिए।

सोमपाल कामीले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र करण केसीले १-१ विकेट हात पारे। डेब्यू खेलाडी बासिर अहमेदले पनि १ विकेट लिन सफल भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित