Khabar Samachar

Search
Close this search box.

“साझा नेपाली समाज यूके” मिडल्यान्डको कार्यसमिति बैठक सम्पन्न

243
VIEWS

“साझा नेपाली समाज यूके” मिडल्यान्डमा रहेको नेपालीहरुको साझा सस्थाको कार्यसमिति  बैठक सम्पन्न भएको छ । 

अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा सोमबार नटिङहमस्थित गोर्खा एक्सप्रेसमा बसेको बैठकले विभिन्न विषयमा छलफल गरी बिभिन्न निर्णयहरु समेत गरेको छ।

बैठकले साझाले सञ्चालन गरेका बिभिन्न  च्यारिटेबल कार्यक्रमहरुको लागि बेलायतका विभिन्न निकायबाट आवश्यक ग्राण्ड निकासा गराउने कार्यको संयोजन गर्ने जिम्मा संस्थाका ट्रष्टी पवन शर्मालाई दिने गरी  निर्णय लाई सर्बसम्मतले पारित गर्यो । 

त्यस्तै, मिडल्यान्डमा हुने अन्तरसंस्था तथा शहरहरुबीचका प्रतिस्पर्धात्मक खेलहरुमा साझामार्फत् सहभागिता जनाउने निर्णय गर्दै उक्त कार्यको संयोजन गर्ने जिम्मा संस्थाका खेल विभाग प्रमुख हिरा सापकोटालाई प्रदान गरिएको छ। 

हालै सञ्चालनमा आएको मिडल्यान्डका  क्रिकेट टिमहरुबीचको गोल्डेन एभरेष्ट क्रिकेट लिगलाई साझाको तर्फबाट पाँच सय एक पाउन्ड सहयोग गर्ने पनि निर्णय भएको छ।

त्यस अवसरमा बोल्ने सबै अभियन्ताहरुले साझामार्फत् मिडल्यान्डका नेपालीहरुको एकता अझै सुदृढ बनाएर अघि बढ्नुपर्ने र संस्थाले गर्दै आएका पारोपकारी कामलाई निरन्तरता दिंदै जानुपर्ने धारणा राखेका थिए।

उनीहरुले मिडल्यान्डका अरु नेपाली संस्थाले गर्ने खालका कार्य साझाले गर्न आवश्यक नहुने तर स्थानीय संघसंस्थाहरुसँग समन्वय गर्दै संयोजनकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने मत व्यक्त गरेका थिए। 

हो अबसरमा बोल्दै अध्यक्ष कृष्णप्रसाद शर्माले उपस्थितिको लागि सबैप्रति आभार  प्रकट गरे । उनले छलफलका सहभागी र ट्रष्टीहरुले दिएको गाइडलाइनलाई आधार मानेर आगामी दिनहरुमा काम गर्दै जाने प्रतिवद्धता जनाए।

बैठकपछि नेपालबाट आएका कलाकारहरु विशाल रायमाझी, अस्मिता डल्लाकोटी र भुमिका शाहको सांगीतिक प्रस्तुतिसंगै मनोरञ्जन लिइएको थियो।

सो अवसरमा साझा नेपाली समाजका ट्रष्टीहरु दयानिधि सापकोटा, रणबहादुर खाती क्षेत्री, महेश अधिकारी, पूर्व उपाध्यक्ष एवम् सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुँयाल, कार्यसमितिका उपाध्यक्षहरु केशव खतिवडा, कृष्ण खरेल र प्रेम आलेमगर, सचिव हरि भट्टराई, सहकोषाध्यक्ष मुकुन्द खरेल, प्रवत्ता किशोर लामिछाने, खेल विभाग प्रमुख हिरा सापकोटा, संघसंस्था समन्वय प्रमुख सशांक शर्मा लगायतको उपस्थिति थियो।

त्यस्तै, कोभेन्ट्रीबाट गोविन्द सापकोटा र टीम, एनआरएनए आइसीसी सदस्य कोशलेश्वर  ढकाल, एनआरएनए यूकेका उपाध्यक्ष गोविन्द खरेल, सचिव विष्णु चालिसेसहित कार्यसमति र सल्लाहकारहरुको पनि सहभागिता थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित