Khabar Samachar

सामूहिक बलात्कार आरोपमा करातेका २ प्रशिक्षक पक्राउ

232
VIEWS

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले करातेका दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ ।

१९ वर्षीया किशोरी बलात्कारको आरोपमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेकामध्ये राउत एमालेनिकट खेलकुद महासंघका सचिव र सुवेदी केन्द्रीय सदस्य रहेको खुलेको छ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दीपक श्रेष्ठका अनुसार पीडितको जाहेरीका आधारमा शनिबार उनीहरुलाई विराटनगरबाट पक्राउ गरेर अनुसन्धानका लागि म्याद थपिएको छ।

राउत नेपाल खेलकुद महासंघका सचिवसँगै कराँते मोरङका सहायक प्रशिक्षक पनि हुन्। उनी मोरङ तालिम विभागको उपनिर्देशक पनि रहेका छन्। उनी सामाजिक संस्थामा पनि सक्रिय छन्।

उनीहरुले युवतीलाई होटलमा लगेर पटक पटक बलात्कार गरेको आरोप लागेको छ। त्यसपछि उनीहरुले भिडिओ बनाएर त्यही देखाउँदै ब्ल्याक मेल गरेको आरोप पनि लागेको छ।

उनीहरुले पटक पटक बलात्कार गरेको बताउँदै युवतीले जाहेरी दिएकी हुन्। दुवैमाथि भिडिओ बनाएर बार्गेनिङ गरेको आरोप पनि लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित