Khabar Samachar

Search
Close this search box.

‘तेस्रो द ब्रिटिस कप २०२२’ आयोजना हुने

204
VIEWS

द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी आउने अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थिति ढुकु फुटसल प्रतियोगिता आयोजना हुने भएको हो।

पहिलो र दोस्रो द ब्रिटिस कप क्रमश सन् २०१८ र २०१९ मा भएको थियो । तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन। तर, यो प्रतियोगितालाई थप रोमाञ्चक बनाउने रणनीतिका साथ पुनः तयारी गरिएको कलेजले जनाएको छ। उक्त प्रतियोगितामा १३ कलेजहरुबीच प्रतिस्पर्धा हुनेछ।

ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिदैँछन्। विजयी टिमले एक लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। त्यस्तै पहिलो रनर अपले ५० हजार नगद, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले नगद रु दश हजार पाउनेछन्।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको छ । त्यस्तै अन्यमा एयरलाइन्स पार्टनर टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्सः हस्पिटालिटी पार्टनर, मोजो बुटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका छन्।

द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले भने ‘कोरोना महामारीको कारण केही वर्ष यो कार्यक्रम हुन पाएको थिएन। नयाँ उत्साहका साथ पुनः यो कार्यक्रम गर्न पाउँदा खुसी छौं। पहिलेभन्दा पनि धेरै टोलीहरूलाई सहभागी गराई यस इभेन्टलाई अझै उत्कृष्ट बनाउन प्रतिबद्ध छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित