Khabar Samachar

प्रथम इन्टर स्कुल फुटसल प्रतियोगिताको उपाधि मनकामना स्कुललाई

222
VIEWS

काठमाडौं । मनकामना सेकेन्डरी स्कुलले प्रथम इन्टर स्कुल फुटसल भिक्ट्री कप २०७९ को उपाधि जितेको छ । फाइनलमा माउण्ट ग्लोरी स्कुललाई ३(० गोल अन्तरले पराजित गर्दै मनकामना सेकेण्डरी स्कुलले उपाधि आफ्नो पक्षमा पारेको हो ।

उपाधिसँगै मनकामनाले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको माउण्ट ग्लोरी स्कुलले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । लिग कम नकआउट फम्र्याटमा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट खेलाडी विजेता टिम मनकामनाका सुनिल खत्रि भए भने उत्कृष्ट गोलकिपर माउण्ट ग्लोरी स्कुलका पेम्बा र्नोबु भोटे चुनिए । दुबैले ट्रफी हात पारे । फेयर प्ले टिमको पुरस्कार प्यारागन पब्लिक स्कुलले हात पार्न सफल रह्यो ।

 

बिजय चोक युवा क्लबको आयोजना तथा अर्किड इन्टरनेशनल कलेजको मुख्य प्रायोजन, नेशनल प्याबसन काठमाडौं र फ्रन्टलाइन हस्पिटलको सहयोगमा अर्किड फुटसल मैदान विजयचोमा दुई दिन सम्म चलेको प्रतियोगितामा काठमाडौं उपत्यकाका १७ वटा स्कुलका कक्षा दशसम्म अध्ययनरत विधार्थीहरुले भाग लिएका थिए । विजयचोक युवा क्लबका सचिव सन्तोष नेपालले पहिलोपटक आयोजित प्रतियोगीता भव्य रुपमा सम्पन्न पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझै राम्रो प्रतियोगिता आयोजना गर्ने बताए । प्रतियोगिताको विजेता र उपविजेतालाई काठमाडौं महानगरपालिका वडा न ९ का अध्यक्ष रामजी भण्डारीले ट्रफी प्रदान गरेका थिए । साथमा विशेष अतिथि अखिल नेपाल रेफ्री संघका अध्यक्ष बुद्धि बहादुर गुरुङ्ग ,अर्किड इन्टरनेशनल कलेजका विदुर दाहाल , नेशनल प्याब्सन काठमाडौंका वरिष्ठ उपाध्यक्ष श्याम योञ्जन, फन्टलाइन हस्पिटलका मार्केटिङ्ग म्यानेजर महेश न्यौपाने , रेफ्री एसोसियसन एन्फाका प्रशासन÷म्यानेजर रोशन श्रेष्ठ, क्लबका सचिब सन्तोष नेपाल, टुनामेण्ट संयोजक विजय तामाङ्गले अन्य पुरस्कारहरु प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित