Khabar Samachar

दल दर्ता गर्ने आज अन्तिम दिन

202
VIEWS

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने म्याद आज सकिंदै छ ।

निर्वाचन आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार आज दल दर्ताको अन्तिम दिन हो । निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरुले आज कार्यालय समयभित्र दल दर्ता गराइसक्नु पर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । पौडेलका अनुसार आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन् ।

आयोगका अनुसार हिजोसम्म ६२ वटा दल दर्ता भइसकेका छन् । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले दल दर्ता गराउन बाँकी छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगले तोकेको मिति र समयभित्रै दल दर्ता गर्ने बताए । ‘हामी हिजोदेखि अर्को एउटा महत्वपूर्ण कार्यक्रममा व्यस्त छौं, आज दल दर्ता गर्न जान्छौं,’ पौडेलले भने । आयोग जाने समय भने निश्चित नभइसकेको उनले बताए ।

कांग्रेसले दल दर्ता प्रक्रिया पूरा गर्ने जिम्मा मुख्य सचिव पौडेललाई नै दिएको छ ।

दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता समेत खुलाउनु पर्ने छ ।

दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, दलको केन्द्रीयस्तर र प्रदेशको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति र दलको केन्द्रीयस्तर र केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या र संगठनात्मक स्वरुप पनि खुलाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित