Khabar Samachar

केन्याविरुद्ध नेपालको ह्वाइट वास

206
VIEWS

केन्याविरुद्धको एक दिवसीय श्रृंखलामा नेपालले ह्वाइट वास गरेको छ । तेस्रो म्याचमा ६ विकेटको सहज जित निकाल्दै नेपालले ह्वाइटवास पूरा गरेको हो ।केन्याले दिएको २५६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४७.१ ओभरमा पूरा गर्यो । नेपालका लागि ओपनरद्वय आसिफ सेख र अर्जुन साउद तथा मध्यक्रमका बसिर अहमदले अर्धशतक बनाए । कप्तान रोहित कुमार पौडेल ४२ रनमा अविजित रहे ।

नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ को अर्धशतकीय पारी खेल्दा आसिफले ५६ रनको योदान गरे । त्यस्तै वसिर ५२ रन बनाउँदा नेपालका कप्तान रोहित पौडेलले अविजित रहँदै ४६ रन बनाए

केन्याका भिराज पटेलले दुई विकेट लिए । त्यस्तै शेम एनगोचे र याश तालातीले एक/एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो ।केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय पारी खेल्दा लुकास एनडानडासनले अविजित रहँदै ५९ रनको अर्धशतकीय पारी खेले । नेपालका सोमपाल कामी र आदील अन्सारीले दुई/दुई विकेट लिए । त्यस्तै वसिर अहमद र शाहब आलमले एक/एक विकेट लिए ।

योसँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ । सिरिज अन्तर्गतकै पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित