Khabar Samachar

Search
Close this search box.

नेपाल भर्सेस भुटान : नेपालको सानदार सुरूआत

201
VIEWS

आजदेखि काठमाडौंको दशरथ रंगशालामा सुरू भएको छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरूआत गरेको छ।

समूह ‘बी’को खेलमा नेपालले भुटानमाथि ४-० गोलको जित निकाल्यो। नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले दुई-दुई गोल गरे।

खेलको १२ मिनेटमा साम्बाले नेपालका लागि पहिलो गोल गरिन्। साम्बाले डिबक्सबाहिर पाएको पास अगाडि बढाउँदै गोल गरिन्। त्यति नै बेला भुटानकी गोलकिपर चिप्लिएपछि साम्बालाई गोल गर्न सजिलो भयो।

खेलअघि देखिको बर्षाका कारण दशरथ रंगशालामा खेल्न असजिलो भएको थियो। मैदानमा पानी जम्दा खेलाडीले दिएका पास भनेको स्थानमा पुगेका थिएनन्।

६७ मिनेटमा साम्बाले नेपालको अग्रता दोब्बर पारिन्। उनले वान भर्सेस वानको अवस्थामा सहज गोल गरिन्।

नेपालका लागि सर्वाधिक गोलकर्ता साम्बा २०२० को महिला लिगमा घाइते भएकी थिइन्। त्यसपछि साम्बाको खुट्टाको शल्यक्रिया गरिएको थियो।  एक वर्ष मैदान बाहिर रहेकी साम्बा गत फागुनदेखि मैदानमा फर्किएकी हुन्।

७२ मिनेटमा नेपालका लागि अनिता बस्नेतले तेस्रो गोल गरिन्। उनले डिबक्स बाहिरबाट हानेको सशक्त प्रहारले सिधै जाली चुमेको थियो।

अनिताले ८४ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन्। प्राप्त ब्याकपासमा अनिताले डिबक्सभित्रबाट उत्कृष्ट फिनिसिङ गरिन्।

समूहमा नेपाल र भुटानसहित श्रीलंका छ। अब नेपालले आफ्नो दोस्रो खेल भदौ २७ मा श्रीलंकासँग खेल्नेछ।

भोलि समूह ‘ए’ का खेल हुँदैछन्। दिउँसो १ बजे भारत र पाकिस्तान तथा साँझको खेलमा बंगलादेश र माल्दिभ्स खेल्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित