Khabar Samachar

सन्दीपमाथि क्यानले तत्काल कारबाही नगर्ने, प्रहरी अनुसन्धान पर्खिने

208
VIEWS

 

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ। उनीमाथि परेको जाहेरीका सम्बन्धमा प्रहरी अनुसन्धानलाई नजिकबाट नियाल्ने र आवश्यक सहयोग गर्ने मनस्थितिमा क्यानका पदाधिकारीहरू छन् ।

सन्दीपको समाचार बाहिर आएसँगै आज क्यानको आकस्मिक बैठक बस्ने तयारी थियो । तर, कुनै औपचारिक बैठक बसेन । अध्यक्ष चतुर बहादुर चन्दले केही पदाधिकारीसँग अनौपचारिक छलफल गरेका थिए । त्यस क्रममा तत्काल कुनै निर्णय नलिने समझदारी भएको स्रोतले बताएको छ ।

‘अहिलेसम्म यो आरोप मात्रै हो । यदि आरोप पुष्टि हुने आधारहरू बाहिर आए भने त्यस बेला सोच्न सकिन्छ । अहिले चाहिँ प्रहरीको अनुसन्धानमा सहयोग गर्ने समझदारी भएको छ,’ स्रोतले भन्यो ।

क्यानले गत मंसिरमा मात्रै सन्दीपलाई क्रिकेट कप्तान नियुक्त गरेको थियो । हालै नेपाली टिमको केन्या भ्रमणमा उनले टी–२० श्रृंखलामा नेतृत्व गरेका थिए । एक दिवसीय श्रृंखलामा भने उनी अनुपस्थित रहे । केन्याबाट उनी क्यारिवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका छन् ।

नेपाल क्रिकेट संघका कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दीपको विषयमा संघले तत्कालै कुनै पनि निर्णय नलिएको बताए । प्रहरीको आगामी गतिविधिबाट अगाडी बढ्ने उनको भनाइ छ ।

‘हामीले तत्काल कुनै एक्सन लियौँ तर प्रहरीले भोलि केही पनि भेटिएन भनेर सन्दीपलाई सफाइ दियो भने के गर्ने भन्ने पनि सोच्नुपर्छ । त्यसैले अहिलेको अवस्थामा हामी चुप लागेर बसिरहेका छौँ’, मल्लले भने ।महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित