Skip to main content

Khabar Samachar

Search
Close this search box.

सन्दिपविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी गराउने प्रक्रिया सुरु

209
VIEWS

नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग लिने प्रक्रिया सुरु गरेको छ ।

नाबालिग बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ । त्यही आधारमा उनको खोजीका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गराउन प्रक्रिया अघि बढाइएको हो । यो नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन् ।

प्रहरी प्रधान कार्यालय नक्सालका एक उच्च अधिकृतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको आग्रहमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको हो ।

‘अदालतबाट पक्राउ पूर्जी जारी नभएको भए डिफ्यूजनका लागि प्रक्रिया अघि बढाउन सक्थ्यौं,’ उनले भने, ‘तर अदालतबाट पूर्जी जारी भइसकेकाले अनुसन्धानका क्रममा देखिएका थप प्रमाण समेत उल्लेख गरेर रेड नोटिस जारी गराउन कागजात जुटाउन थालेका छौं ।’

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एनसीबी काठमाडौंले केही दिनमै इन्टरपोलको फ्रान्सस्थित हेडक्वार्टरलाई पत्राचार गर्नेछ । ‘यहाँबाट पठाएको पत्रको आधारमा नोटिसबारे इन्टरपोल सचिवालयबाट अन्तिम निर्णय हुनेछ,’ ती अधिकृतले भने ।

लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो राति उनले काठमाडौंको पिंगलास्थानस्थित एक होटलमा लगेर १७ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित