काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, सङ्घ संस्थाहरूसँग आफ्नो कार्यस्थलबाहिर राख्दै आएको परिचय पाटी राखे बापतको शुल्क ३० दिनभित्र बुझाउन सूचना जारी गरेको छ।
शुक्रबार (७ असोज) एक सूचना जारी गर्दै महानगरपालिकाले केही व्यक्ति, सङ्घ संस्थाहरूले परिचय पाटी राखेबापतको शुल्क नतिरेको देखिएकाले बुझाउन आग्रह गरेको हो।
‘प्रथम पटक प्रकाशित मिति २०७९/०६/०७ काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, सङ्घ संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ।’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।
उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा ती पार्टी महानगरले तत्काल हटाउने पनि सूचनामा जनाइएको छ।
‘उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने व्यहोरा समेत सम्बन्धित पक्षको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ।’ सूचनामा भनिएको छ।
दररेट:
-वार्षिक दररेट रु. १ परिचय पाटी (Sign Board) ६ वर्ग फुटसम्म एक वटा मात्र ५००
-परिचय पाटी (Sign Board) १५ वर्ग फुटसम्म १,५००
-एक वटा मात्र परिचय पाटी (Sign Board) १५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुट सम्मको प्रतिवर्ग फुट एक वटा मात्र १,०००
(नोट: ३० वर्ग फटभन्दा माथिको परिचय पाटी राख्न निषेध गरिएको छ।)
Discussion about this post