Khabar Samachar

काठमाडौं उपत्यकामा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण हुने

208
VIEWS

दसैं नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिदैछ ।

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित