Khabar Samachar

महानगरले थाल्यो बजार अनुगमन

211
VIEWS

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चाडपर्वलक्षित बजार अनुगमन सुरू गरेको छ।

 महानगरले उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलबारदेखि बजार अनुगमन थालेको हो।

मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायत क्षेत्रमा डंगोलको नेतृत्वमा बजार अनुगमन गरिएको हो।

महानगरको टोलीले तीनवटा समूह परिचालन गरी बजार अनुगमन थालेको हो।

संघ तथा प्रदेश कार्यालयहरु पनि सहभागी टोलीले सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको हो।

उपेमयर डंगोलका अनुसार महानगरपालिकाले आजै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ।

डंगोलको नेतृत्वमा आज तीन वटा समुह बजार अनुगमनका लागि परिचालित भएका छन्  ‘कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य वस्तु विक्री गरिरहेको भेटिएमा हाम्रो हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न पनि आग्रह गर्दछौँ,’ अनुगमनकै क्रममा डंगोलले भनिन्, ‘हामी यो अनुगमनलाई दसैँ अघि र पछि पनि निरन्तरता दिन्छौँ । तपाईँहरुले खबर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउछौँ र आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौँ।’

उनले आजटुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तकारी र फलफूल बजामा अनुगमन गरेको जानकारी दिइन्। उनका अनुसार आजै त्यहाँ आसपासका खाद्यन्न पसलहरुमा पनि महानगरपालिकाले अनुगमन गरेको छ।

‘हामीले आजै भाटभटेनीमा पनि अनुगमन गरेका छौँ,’ उनले भनिन्, ‘हामीले आजको अनुगमान मिति गुज्रिन लागेका र अरु सामान पनि एकै ठाउँमा राखेको भेटायौँ। उहाँहरुलाई यस्ता सामान छुट्याएर राख्न आग्रह गरेका छौँ। म्याद गुज्रिएका सामान भेटिएको अवस्थामा तत्कालै कारबाही गर्छौँँ। हामीले अनुगमन त्यहि अनुसार गरिरहेका छौँ।’

उपमेयर डंगोलले अनुगमनका क्रममा केही पसलमा विक्रीका लागि राखिएको प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग नलेखिएको र हातले पुछ्दा सहजै मेटिने भेटिएको पनि बताइन्।

‘त्यस्तो भेटिएको ठाउँमा हामीले सजग गराउँदै प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग लेखिएको सामान मात्रै विक्रि गर्न भनेका छौँ’, उनले भनिन्।

उनले अनुगमनका क्रममा केही डिपार्टमेन्ट स्टोरले स्थानीय उत्पादनको सामान पनि राखेको भेटिएको बताइनन्।

‘उहाँहरुलाई स्थानीय उत्पादन लिदाँ उहाँहरुको कम्पनी दर्ता छ कि छैन? प्यान नम्बर छ कि छैन  हेरेर मात्रै लिन सुझाव दिएका छौँ,’ उनले भनिन्,’ ‘हामीले अनुगनका सिलसिलामा खाद्यन्नलगायतको मूल्यसूचि नियमित ‘अपडेट’ गर्न सुझाव दिएका छौँ। कतिपय ठाउँमा लामो सयमसम्म पनि मूल्यसूचि ‘अपडेट’ गरेको देखिएन। हामी त्यस्ता पसललाई समेसम्म दैनिक नभए पनि दिन विराएर अनिवार्य ‘अपडेट’ गर्न सुझाव दिएका छौँ। मुख्य गरेर चाडपर्वको समयमा बढी भिडभाड हुने र उपभोक्ता ठगिने भएकाले हामीले चाडपर्व लक्षित अनुगमन सुरु गरेका छौँ।’

बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयहरु सहभागी हुने छन्। बजार अनुगमनका क्रममा सुलभ पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत हेरिने बताइएको छ।

twitter sharing button
messenger sharing button
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित