Skip to main content

Khabar Samachar

Search
Close this search box.

चितवनको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी

206
VIEWS

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ। बिहान ३ बजेदेखि लागेको आगो करब चाढे चार घन्टापछि नियन्त्रणमा ल्याइएको वडाध्यक्ष कलाधर पौडेलले जानकारी दिए।

‘बिहान ३ बजेदेखि आगो लागेको हो। म त्यहाँ साढे तीन बजेतिर पुगेको थिएँ। भर्खरै आगो नियन्त्रणमा आएको छ। आगो नफैलियोस भनेर छेउमा रहेको अर्को घर जेसिबी लगाएर भत्काइयो’, उनले भने।

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको थियो। उद्योगभित्र रहेका प्लास्टिकका ड्रम, कार्टुन र केमिकल राखिएका भाँडा जलेर नष्ट भएका छन्।

अन्य मेसिनमा भने आगोले नभेटाएको वडाध्यक्ष पौडेलले जानकारी दिए। स्थानीयका अनुसार विद्युत्‌को तार सर्ट भएर आगो लागेको पौडेलले बताए। ‘स्थानीयले तार सर्ट भएको बताएका छन्। वा अन्य कारणले हो अहिले खुलेको छैन’, पौडेलले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित