Khabar Samachar

कात्तिक ५ गतेभित्र जरिवाना नबुझाए समानुपातिक बन्दसूचीबाट हटाउने निर्वाचन आयोगको चेतावनी

202
VIEWS

निर्वाचन आयोगले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका र प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक सूचीमा रहेका उम्मेदवारलाई कात्तिक ५ गतेसम्म अन्तिम समय दिएको छ। आयोगले सूचना जारी गर्दै कात्तिक ५ गतेभित्र नबुझाएमा उम्मेदवारी रद्द हुने चेतावनीसमेत दिएको छ। स्थानीय तह निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवार हुन नसक्ने निर्वाचन आयोगले स्पष्ट पारेको हो।

‘२०७९ कात्तिक ५ गते कार्यालय समयभित्र बुझाए जरिवाना असुलउपर भएको कायम गरी कानुनबमोजिम गर्न र जरिवानाबापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगले गरेको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित