Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिने

209
VIEWS

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदैछ। शनिबार राति ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिनेछ।

शनिबार राति ७५ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारकै क्रममा गिरिको निधन भएको हो।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिनेछ।  त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि राखिने जानकारी दिइएको छ।त्यसपछि पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित