Khabar Samachar

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच शिष्टाचार भेट

203
VIEWS

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच अर्थ मन्त्रालयमा मंगलबार बिहान शिष्टाचार भेट भएको छ ।
भेटमा अर्थमन्त्री शर्माले महामहिम राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो । ‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ’, उहाँले भन्नुभयो, ‘महाभूकम्प, कोरोना महामारीलगायतका संकटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ ।’ उहाँले नेपाललाई अहिले ठूला पूर्वाधारहरू आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको बताउनुभयो । युएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत् नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो । त्यस्तै नेपालले पर्यावरण सम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाइरहेको भन्नुहुँदै त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह पनि गर्नुभयो ।
भेटमा मन्त्री शर्माले नवनियुुक्त राजदूत थम्प्सनलाई उहाँको नेपाल बसाई सुखद होस् भन्नुहुँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो ।
राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको बताउनुभयो । ‘नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ’, उहाँले भन्नुभयो । भेटका अवसरमा उहाँले नेपालसँग जोडिएर आफू काम गर्न सधैँ उत्सुक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित