Khabar Samachar

५० करोड बढी कारोबार गर्ने कम्पनीलाई कर मिनाहा

203
VIEWS

मध्यमस्तरीय कर कार्यालयले ५० करोडदेखि १ अर्बसम्म वार्षिक कारोबार गर्ने कम्पनीलाई कर मिनाहाको व्यवस्था गरेको छ।

  यसअनुसार गत चैतसम्म बुझाउनुपर्ने मूल्यअभिवृद्धि कर तथा अन्य कर नबुझाएको भए पुन मसान्तसम्म बुझाउन चाहेको खण्डमा ५० प्रशितत मिनाहा हुनेछ।
  ५० करोड १ अर्बसम्म वार्षिक कारोबार गर्ने कम्पनी मध्यमस्तरीय कर कार्यालयअन्तर्गत पर्दछन्।

कार्यालयका अनुसार गत चैत मसान्तसम्मको बुझाउनुपर्ने भ्याट विवरण र कर नबुझाएको भए बुझाउन बाँकी कर विवरण, सो विवरणबमोजिमको कर र ब्याजको ५० प्रतिशत रकम बुझाएमा बाँकी रकम मिनाहा हुनेछ।

त्यस्तै गत चैत मसान्तसम्म बझाउनुपर्ने भ्याट विवरण बुझाई कर दाखिला गर्न बाँकी रहेको भएमा बक्यौता कर र ब्याजको ५० प्रतिशत रकम पुस मसान्तसम्ममा बुझाएमा मूल्यअभिवृद्धि कर ऐनबमोजिम लाग्ने दस्तुर र बाँकी ब्याज मिनाहा हुने कर कार्यालयले बताएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित