Khabar Samachar

सत्ता गठबन्धन देशको लागि भारिबोध भयो – खेम लोहनी

201
VIEWS

धादिङ क्षेत्र नं २ का नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार खेम लोहनीले सत्ता गठबन्धन देशको लागि भारिबोध भएको बताउनुभएको छ ।
बिहिबार एमाले र राप्रपाको संयुक्त चुनावी अभियान अन्तर्गत रुवीभ्याली गाउँपालिका–४ सेर्तुङको चालिसेमा भएको सभामा बोल्दै लोहनीले सो कुरा बताउनुभएको हो ।
सत्ता गठबन्धनले राम्रो काम गर्न नसक्ने, अहिले पनि नगरेको र भविष्यमा पनि गर्न नसक्ने, जनतालाई सुख, सुबिधा केही पनि दिन नसक्ने भन्दै लोहनीले गठबन्धनलाई मंसिर ४ को निर्वाचन पछि पन्छाउनु पर्ने बताउनुभयो ।
जितलाई निश्चित गर्नको लागि एमाले र राप्रपा बिच तालमेल भएको भन्दै लोहनीले गाउँ ठाउँको विकासको लागि एमाले–राप्रपाका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।
लोहनीले पहिलेको निर्वाचनमा तिप्लिङसम्म बाटो पुराउने गरेको बाचा अनुसार हाल तिप्लिङसम्म नै बाटो पुगेको बताउनुभयो । धादिङबेशी साङकोष तिप्लिङ सडक मेरो पाँच बर्षे कार्यकालको महत्वपुर्ण काम भएको र यसलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
कार्यक्रममा राप्रपाबाट प्रदेश सासद उम्मेदवार डम्बर तामाङले धादिङमा एमाले र राप्रपाबिच चुनावी तालमेल भएको र आफु स्थानिय उम्मेदवार भएकाले आफ्नो गाउँ ठाउँको विकास गर्ने र स्थानीयस्तरमा जनताका समस्या र पीरमर्कामा साथमा रहन सक्ने उम्मेदवारलाई मत दिन मतदाताहरुसंग अनुरोध गर्नुभयोे ।
लोहनी र तामाङले आजै रुवीभ्यालीको सेर्तुङ, तिप्लिङ लगाएतको क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा एमालेका संघिय सांसदका उम्मेदवार खेम लोहनी, राप्रपाबाट प्रदेश सासद उम्मेदवार डम्बर तामाङ, रामहरी, शम्भु थापा लगाएतका एमाले र राप्रपाको टोलि सहभागिता रहेको छ ।
एमाले नेताहरुलाई गाउँमा फुल माला खादा र पुङ राखेर स्वागत गरिएो छ । साँस्सकृतिक रुपमा गरिएको स्वागतको एमालेले संस्कृति संरक्षणमा काम गर्ने लोहनी र तामाङको प्रतिवद्धता समेत रहेको छ । रुबीभ्याली पर्यटन विकासमा एमालेले योजना सहित आएकोले निर्वाचनपछि काम गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित