Khabar Samachar

Search
Close this search box.

वाणिज्य विभागद्वारा एशियन पेन्ट्सको रङ नियन्त्रणमा

210
VIEWS

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा एशियन पेन्ट्स नेपालको गोदामबाट उपयोग मिति सकिएका रङ नियन्त्रणमा लिएको छ । विभागले रङको डिब्बामा सुरुमा रहेको लेबल हटाई नयाँ मिति र मूल्यसहितको स्टिकर टाँसेर रिलेवलिङ् गरी बिक्रीका लागि बजार लैजान तयारी अवस्थामा राखेको करिब ८ हजार थान रङको डिब्बा (टिन) नियन्त्रणमा लिएको हो ।

काठमाण्डौंको सतुङ्गल र ललितपुरको बालकुमारीस्थित गोदाममा राखिएका उल्लिखित रङको बजार मूल्य करिब १ करोड २० लाख रुपैयाँ रहेको छ। उपयोग अवधि गुज्रेका तथा वास्तविक मूल्यलाई मेटेर बढी मूल्यसहित रिलेवलिङ् गरिएका उक्त कम्पनीका रङ् बजारमा बिक्री भएको पाइएपछि विभागले कम्पनीको उपत्यकास्थित २ वटा गोदाममा एकै पटक अनुगमन गरेको थियो । सो क्रममा अवैध रूपमा बिक्रीका लागि बजारमा पठाउन राखिएका रङलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको रङलाई विभागको बबरमहलस्थित कार्यालय परिसरमा सुरक्षित राखिएको छ । रङको अवैध बिक्री वितरण गर्दै आएको एशियन पेन्ट्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गर्नुका साथै नियन्त्रण लिइएको रङलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी नष्ट गर्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित