Khabar Samachar

चुनावसम्म साधारणसभा नगर्न सहकारीलाई बागती प्रदेश सरकारको निर्देशन

202
VIEWS

बाग्मती प्रदेश सरकारले प्रदेशका सहकारी संस्थालाई ४ मंसिरसम्म कुनै पनि साधारणसभा नगर्न र नगराउन निर्देशन दिएको छ । साधारणसभामा जनप्रतिनिधि, प्रतिनिधि सभा एवम् प्रदेश सभाका उम्मेदवारहरु आमन्त्रण गर्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

‘प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन (२०७९) को सन्दर्भमा निर्वाचन आयोगबाट आचारसंहिता जारी भएको सबैमा सर्वविदितै छ। सो सन्दर्भमा आचारसंहिता लागु रहेको अवधिमा बागमती प्रदेशभित्र रहेका कतिपय सहकारी संघ/संस्थाहरुले साधारण सभा गर्दा जनप्रतिनिधि, प्रतिनिधि सभा एवं प्रदेश सभाका उम्मेदवारहरु आमन्त्रण गर्ने गरिएको भन्ने बुझिन छ । सो कार्यबाट निर्वाचन आचारसंहिता उल्लंघन हुन सक्ने अवस्था देखिएकाले ४ मंसिर २०७९ सम्म कुनै पनि साधारणसभा नगर्न, नगराउनु हुन सबै सहकारी संघ/संस्थाहरुलाई यो सूचना जारी गरिएको छ’ सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित