रोहित पौडेल नेपाली क्रिकेट टोलीको कप्तान नियुक्त

200
VIEWS

नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा रोहित पौडेल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तानमा नियुक्त गरेको हो। नियमित कप्तान सन्दीप लामिछानेको बर्खास्तपछि रोहितले टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन्।

यसअघि नेपाली क्रिकेट टोलीबाट दुई महिनाअघि केन्या भ्रमणमा कप्तानी गरेका थिए। केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा रोहित कप्तानी गर्दै क्लिनस्विप दिलाएका थिए।

त्यसअघि क्यानले रोहितलाई क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिका र स्कटल्याण्ड भ्रमणको लागि उपकप्तान नियुक्त गरेको थियो।

क्यानले गत मंसिरमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासनको कारवाही गर्दै सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो। सन्दीप लामिछाने पनि नाबालिकमाथि बलात्कारको आरोप लागेपछि हाल पूर्पक्षका लागि थुनामा छन्।

रोहितले सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

रोहितले नेपालबाट २५ खेलमा ओडिआई खेलमा १ शतक र ५ अर्धशतकसहित कुल ८ सय ८ रन बनाएका छन्। त्यस्तै २१ टि२० आई र ४० लिष्ट ए खेल खेलेका छन्।

सन् २०१८ मा डिभिजन २ मा नामिबियासँग डेब्यू गरेका रोहितले त्यसपछि लगातार उच्च प्रदर्शन गर्दै आएका छन्।

नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ।

यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित