स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेष्टर युनाइटेड फर्किने भएका छन् । युभेन्टसमा रहेका उनलाई पुनः क्लबमा भित्र्याउने सहमति भएको इंग्लिस क्लब युनाइटेडले बताएको छ ।युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको छ। सम्झौता गर्न सहमत भएसँगै अब व्यक्तिगत शर्त, भिसा र मेडिकल हुन बाँकी रहेको युनाइटेडले जनाएको छ। रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन्। इटालियन क्लब युभेन्ट्सबाट उनी अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने चर्चा रहे पनि युनाइटेडले अन्तिममा बाजी मारेको हो। यसअघि उनी तीन वर्षअघि युभेन्ट्समा आबद्ध भएका थिए। उनी स्पेनिस फुटबल क्लब रियल म्याड्रिडबाट उनी ९९.२ मिलियन पाउन्डमा युभेन्ट्समा आबद्ध भएका थिए। सन् २०१८ मा स्पेन बसाई टुङ्ग्याउँदै इटालियन क्लब युभेन्टस गएका रोनाल्डो म्यानचेस्टर सिटी आउने चर्चाले शिखर चुमेको थियो । तर, अन्तिम समयमा सम्झौता हुन नसकेपछि रोनाल्डो युनाइटेडसँग अनुबन्धित भएका हुन् । युनाइटेडले पनि वक्तव्य जारी गर्दै रोनाल्डोलाई क्लबमा भित्र्याएको पुष्टि गरिसकेको छ भने उनी आफैँले पनि सामाजिक सञ्जालमार्फत युभेन्टस छाडेका जानकारी दिइसकेका छन् । स्पेनिस वेवसाइट मार्काका अनुसार रोनाल्डोले यस विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री र टेक्निकल डाइरेक्टर पाभेल नेदभेदलाई जानकारी दिइसकेका छन् । यसअघि रोनाल्डोले क्लबमै बस्ने निर्णय गरेका थिए । तर पछिल्लो समय उनको मुड परिवर्तन भइसकेको छ ।२३ वर्षको उमेरमा पहिलो पटक २००८ मा बा’लोन डिओर अवार्ड जितेका उनी त्यसबेलाको कीर्तिमानी मूल्य ८० मिलियन युरोमा स्पानिस क्लब रियल मड्रिड गएका थिए । मड्रिडमा रहँदा उनले १५ उपाधि जिते, जसमा दुई ला लिगा, दुई कोपा डेल रे, चार च्याम्पियन्स लिग छन् । उनी क्लबका सवार्धिक गोलकर्ता बने । उनले २०१३, १०२४, १०१६ र १०१७ मा बालोन डिओर अवार्ड जिते । ३० वर्षको उमेरमा इटालिनय क्लब युटेन्टस पुगे । युटेन्टसबाट सिरी एको दुई उपाधि जितेका उनको च्याम्पियन्स लिग यात्रा भने सन्तोषजनक रहेन ।

म्यानचेस्टर युनाइटेडमा फर्कने तय भएसँगै रोनाल्डोले युभेन्टस् समर्थकहरूका नाममा बिदाई सन्देश लेखेका छन् । ‘आज म उत्कृष्ट क्लबबाट बिदा हुँदैछु । इटलीको सबैभन्दा ठूलो र युरोपका ठूला क्लबमध्येको एक,’ रोनाल्डोले इन्स्टाग्राममा बिदाई सन्देश लेखेका छन्,‘मैले अन्तिम दिनसम्म पनि मेरो मन–मुटु युभेन्टस्लाई दिएको थिएँ ।शुक्रबार साँझ म्यानचेस्टर युनाइटेडले रोनाल्डो फर्किएको औपचारिक घोषणा गरेको छ । ‘क्रिष्ट्रियानो रोनाल्डोको स्थानान्तरणलाई लिएर युभेन्टस्सँग क्लबको सहमति भएको पुष्टि गर्न पाउँदा म्यानचेस्टर युनाइटेड निकै हर्षित छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ । म्यानचेस्टरमा उनले २००३ देखि २००९ को अवधिमा २ सय ९२ खेल खेल्दै १ सय १८ गोल गरेका थिए । उनी स्पोर्टिङ सिपीबाट किशोरावस्थामै म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए । अहिले उनी ३६ वर्षको भइसकेका छन् ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै उनको स्थानमा रियल म्याड्रिडका एडिन हजार्डलाई भित्र्याउने तयारी युभेन्टसले गरेको छ । स्पेनिस पत्रिका मार्काका अनुसार युभेको अनुबन्ध गर्ने सम्भावित खेलाडीको सूचीमा हजार्ड शीर्ष स्थानमा रहेका छन् ।रियलका लागि यो सिजन दुवै खेल शुरुवात गरेका हजार्डलाई किलियान एम्बाप्पेको आगमनसँगै सुरुवाती ११ मा पर्न प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ । हजार्ड रियलमा नै रहन चाहन्छन् तर उनी नियमित फुटबल खेल्न चाहन्छन् र क्लबमा महत्त्वपूर्ण रहेको महसुस गर्न चाहन्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय