Khabar Samachar

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरी काठमाडौं फिर्ता

207
VIEWS

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण गर्न सकेन ।

‘पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेका थिए,’ स्रोतले भन्यो, ‘काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरी सामान्य अवस्थामै जहाज अवतरण भयो ।’

बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएसँगै अर्को जहाजबाट यात्रुहरुलाई सिमरा पठाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ । जहाजमा ७० जना यात्रु चढेका थिए ।

सिमरा विमानस्थल प्रमुख सूर्यबहादुर खत्रीका अनुसार सिमराको टावरमा सम्पर्कमा आएको यो जहाजले इन्डिकेटरमा समस्या देखिएको भन्दै काठमाडौं फर्किएको जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित