Khabar Samachar

Search
Close this search box.
Search
Close this search box.

वैवाहिक बन्धनमा बाँधिए अभिनेता सलोन 

201
VIEWS

अभिनेता सलोन बस्नेत वैवाहिक बन्धनमा बाँधिएका छन्। बस्नेतले प्रेमिका करिश्मा केसीसँग सोमबार बिहे गरेका हुन्।

सलोन र करिश्माको विवाह समारोह चन्द्रागिरी रिसोर्टमा भइरहेको छ। विवाहमा दुवै पक्षका परिवार, साथीभाइ, आफन्त र चलचित्रकर्मीहरुको उपस्थिति छ।

सलोन र करिश्माले तीन वर्षदेखि एक–अर्कासँग प्रेम सम्बन्धमा थिए। करिश्मा नेपाल वायुसेवा निगममाएयर होस्टेसको काम गर्छिन्।

सलोनले ‘होस्टल’, ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’, ‘ए मेरो हजुर ४’, ‘यात्रा’ लगायत फिल्ममा अभिनय गरेका छन्। उनको मुख्य भूमिका रहेको फिल्म ‘मीलन’ प्रदर्शनरत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित