Khabar Samachar

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान

202
VIEWS

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान हुँदैछ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ९एन–एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे डेमोस्ट्रेसने उडान गर्न लागेको हो । डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण, तारा एयरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि तारा एयरले परीक्षण उडान गर्न लागेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

डेमोस्ट्रेसन उडान हुने भएपछि नगरपालिकाले आज कार्यालयमा बिदा दिएको छ । “डेमोस्ट्रेसन उडान हुने भएपछि आइतबार नगरपालिका र वडा कार्यालयमा बिदा दिइएको छ”, उपप्रमुख अमृतादेवी कुँवरले भनिन्, “विद्यालयलगायतका अन्य स्थानमा भने बिदा हुने छैन ।”  विसं २०६३ सालदेखि निर्माण शुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल ३३ करोड लगातमा निर्माण गरिएको विमानस्थलको लम्बाई पाँच सय २० मिटर र चौडाइ २० मिटर छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुन्द्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा पर्छ ।

यो जहाज रेसुङ्गा विमानस्थलमा झण्डै १ घण्टा रहने छ । त्यसपछि पुनः काठमाडौं फिर्ता हुने छ ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने छ । नियमित उडानका लागि भने कम्तिमा २ साता लाग्नेछ । यो विमानस्थलमा तारा एयरले प्रारम्भमा स्थानीय सरकारसँगको समन्वयमा उडान गर्ने भएको छ ।

रेसुङ्गा विमानस्थल सदरमुकाम तमघास क्षेत्रमा पर्छ । यो सदरमुकाम तमघासबाट ५ किलोमिटर दुरीमा छ । रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको जहाज मात्र जान सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित