Khabar Samachar

सनराईज क्यापिटलले ल्यायो छुटको अफर

205
VIEWS

सनराईज क्यापिटल लिमिटेडले मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएको छ । सनराईज बैंकको सहायक कम्पनीका रुपमा मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएको अवसर पारेर कम्पनीले विभिन्न सेवाहरुमा छुटका योजना सार्वजनिक गरेको छ ।

यस अन्तर्गत निःशुल्क डिम्याट खाता ३० दिनका लागि, निःशुल्क मेरो शेयर खाता ३० दिनका लागि, लगानी व्यवस्थापन सेवाको एन्ट्रि लोड शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि एन्ट्रि लोड ३० दिनका लागि निःशुल्क तथा कस्टोडियल सर्भिसको प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट र पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क कस्टोडियल सर्भिस र पोर्टफोलियो काउन्सिलिङ लिन सकिने जनाइएको छ । यसबाहेक संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट पाइनेछ । यो योजना माघ १ गतेदेखि लागू हुने बताइएको छ।

कम्पनीले “सनराईज फर्स्ट म्युचुअल फण्ड” र “सनराइज ब्लूचिप फण्ड” गरी हाल दुई वटा म्युचुअल फण्डको व्यवस्थापन गर्दै आईरहेको छ । यस्तै नयाँ म्युचुअल फण्ड “सनराईज फोकष्ड ईक्विटी फण्ड” निष्कासनको क्रममा रहेको छ ।

हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोबार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सेयर निष्कासन तथा बिक्री प्रबन्धक, कोष व्यवस्थापक, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित