Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपालका प्रथम गभर्नर हिमालय समशेर जबराको निधन

207
VIEWS

नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय समशेर जबराको ९५ वर्षको उमेरमा आज(आइतबार) बिहान निधन भएको छ ।
उहाँ विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको केही साताअघिदेखि काठमाण्डौको थापाथलीस्थित यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार जारी राखिएको थियो ।
जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिनु भएको थियो । ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ।
स्वर्गीय राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बन्नुभएको थियो । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर गभर्नरको नियुक्ती दिँदा उहाँको उमेर मात्र २९ वर्ष थियो । उहाँ हिमालयन बैंकको संस्थापक पनि हुनुहुन्थ्यो ।
उहाँले ९५ वर्षको उमेरमा समेत २ वटा किताब प्रकाशनको तयारी गरिरहनु भएको थियो ।
स्वर्गीय राणाका २ छोरा र २ छोरी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित