Khabar Samachar

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता,आजदेखि सबै पेट्रोल पम्प खोल्ने

269
VIEWS

नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति भएको छ। सहमतिसँगै आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ। पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले भोलि चैत २० गतेदेखि गर्ने भनेको देशव्यापी आन्दोलन फिर्ता लिएका हुन् । नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लले आज सम्पन्न निगमसँगको वार्ताबाट सकरात्मक निष्कर्ष आएको रातोपाटीलाई बताए । उनले घोषणा भएको भोलिदेखिको चरणबद्ध आन्दोलन आजैबाट फिर्ता भएको समेत बताए ।

शनिबार निगमको केन्द्रीय कार्यालय टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समितिसँग वार्ता भएको थियो।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बीच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित