Skip to main content

Khabar Samachar

Search
Close this search box.

चुनावको खर्च विवरण बुझाउन आयोगको निर्देशन

203
VIEWS

निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई चुनावको खर्च विवरण बुझाउन निर्देशन दिएको छ।

आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका सबै उम्मेदवारलाई खर्च विवरण बुझाउन निर्देशन दिएको हो।

आयोगले सम्बन्धित जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन भनेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारले मतदान भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको छ।

त्यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका दलहरूलाई पनि खर्च विवरण बुझाउन निर्देशन दिएको छ।

यसअघि स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेको थियो। जरिवाना नतिरेका व्यक्तिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा दिएको उम्मेदवारी रद्द गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित