Skip to main content

Khabar Samachar

Search
Close this search box.

रौतहटमा मनि ट्रान्फसरमा लुटपाट, सञ्चालकमाथि गोली प्रहार

207
VIEWS

रौतहटको ईशनाथ नगरपालिका–७, खापडचोकस्थित शिवम् मनी ट्रान्सफरबाट पैसा लुटपाट गर्न आएका भारतीय नागरिकले शुक्रबार सञ्चालकको कन्चटमा गोली प्रहार गरेका छन् ।  रौतहट परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरमा सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली हानी लुटपाट गरिएको हो ।

कन्चटमा गोली लागेका साहलाई वीरगञ्जको न्यूरो अस्पतालमा उपचारका लागि लगिएको छ ।

लुटपाटमा संलग्न ३ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू भारतीय नम्बर प्लेटको अपाची बाइकमा आएको प्रहरीको भनाइ छ ।

रौतहटका एसपी महेन्द्र श्रेष्ठले भारतबाट आएका ३ जनाले मनी ट्रान्सफरमा गोली चलाएर लुटपाट गरेको बताए । लुटिएको रकमको परिमाण भने खुलेको छैन । एसपी श्रेष्ठका अनुसार घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित