राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेलाई पक्राउ गर्ने हल्लाका नेताहरु बिच पार्टी कार्यालय वनस्थलीमा नेता तथा कार्यकर्ताहरु जम्मा भएका छन।
पार्टी सभापति, पदाधिकारीहरु र काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा रहेको एक नेताले जानकारी गराए । सभापति रवि लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध नहुने उनले बताए।‘पक्राउ गर्न प्रहरी आयो भने प्रतिवाद गर्ने पार्टीको तयारी छैन । कानुन सबैले मान्नुपर्नेमा हामी सचेत छौं,’ केन्द्रीय कार्यालयमा रहेका नेताले भने । नेताहरु सभापति लामिछानेको कार्यकक्षमा रहेको उनले जानकारी गराए। अहिले केन्द्रीय कार्यालय वनस्थलीमा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी‚ सुमना श्रेष्ठ लगायत केन्द्रीय नेताहरू उपस्थित रहेका छन् ।
Discussion about this post