राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ, त्यसको विरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उनले भने ।
७ गतेको कार्यक्रम सभाभन्दा प्रदर्शनको रूपमा अगाडि बढाउने अध्यक्ष लिङ्देनले बताए ।
पार्टीको विशेष समितिको बैठक बसेर थप कार्यक्रमहरू सार्वजनिक गर्ने उनले जानकारी दिए ।
चैत १५ गते तीनकुने घटनामा पक्राउ परेका पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहितलाई रिहाइ गर्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ।
Discussion about this post