Khabar Samachar

Search
Close this search box.

माओवादी निकट युवाहरुले गठन गरे जेन–जी रेडफोर्स

202
VIEWS

नेकपा माओवादी केन्द्रमा आस्थारत युवाहरुले जेन–जी रेडफोर्स गठन गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले अहिलेसम्म ६५ वटा जिल्लामा र सातै प्रदेशमा संयोजक तोकेर जेन–जी रेडफोर्स अघि बढिसकेको जनाएको हो ।

पत्रकार सम्मेलनमा जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनाले आफूहरुको एजेण्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान, २००७ सालदेखि अहिलेसम्म सत्तामा पुगेका सबैको सम्पत्ति छानविनलगायत रहेको जानकारी दिए ।

भ्रष्टाचार विरोधी अभियानका लागि सवै भन्दा पहिले माओवादी केन्द्रमा रहेका नेताहरुको सम्पती छानविन गर्नुपर्ने उहाले बताउनुभयो । तिमल्सिनाले भ्रष्टाचार गरेको पुष्टि भए माओवादी केन्द्रका अध्यक्षलाई पनि जेल हाल्न सक्नुपर्ने भन्दै रेडफोर्सले कुनै पनि भ्रष्टाचार नसहने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित