आमाबुवा दुवै गुमाएका बालबालिका तथा युवायुवतीलाई काठमाडौँ महानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा पोषणको व्यवस्था गर्ने भएको छ । महानगरभित्र स्थायी बसोबास गर्ने बालबालिकाहरू तथा अभिभावकको मृत्यु भइ अरुको संरक्षणमा रहेकालाई शिक्षा, स्वास्थ्य तथा पोषणको मासिकवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको महानगरको सामाजिक विभागले जनाएको छ ।
महानगरले जारी गरेको सूचनामा उल्लेख छ,’ महानगरपालिकामा बसोबास गर्ने बाबु-आमाविहिन बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले आफू बसोबास गर्ने वडा कार्यालयमा आवश्यक कागजातसहित ३० दिन भित्रमा सम्पर्क गर्नुपर्ने छ ।‘
Discussion about this post