Skip to main content

Khabar Samachar

Search
Close this search box.

डोजर आतंक बन्द गर भन्दै महानगर कार्यालयमा सुकुम्बासीको प्रदर्शन

204
VIEWS

काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर सुकुम्बासीहरुले कार्यालयमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले बालेन शाह राजीनामा दे , उचित विकल्पसहित व्यवस्थापन गर जस्ता नारा लगाएका छन् ।

उनीहरूले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पटक पटक सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

तर उनीहरूले अटेर गर्दै आएपछि महानगरले समितिको समन्वयमा हिजो डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन पुगेको थियो ।सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको थियो । दुई पक्षबीच झडप हुँदा महानगरका १५ जना भन्दा बढी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित