Khabar Samachar

Search
Close this search box.

गठबन्धनमा वडा सदस्यमा पनि तालमेल प्रस्ताव

215
VIEWS

सत्तारुढ पाँच दलीय गठबन्धनमा वडासम्मै तालमेल गरि चुनाबमा जानेगरी छलफल अघि बढाएको छ।

आवश्यकता र स्थानीय विशेषताका आधारमा तालमेलका लागि सहमति जुटाएका सत्तारुढ पाँच दलले वडा सदस्यदेखि महानगरको मेयरसम्मका पद पनि बाँड्ने तयारी गरेका हुन्।

‘सम्भवतः सबै वडासम्मै तालमेल हुने सम्भावना छ’, एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले भने, ‘त्यसकै लागि जिल्ला र पालिकाको वस्तुस्थिति बुझ्न लागेका छौँ।’

तलैसम्म तालमेलका लागि पाँचै दलले आगामी चैत २२ गतेभित्र तथ्यांकसहितको प्रतिवेदन केन्द्रमा बुझाउने समयसीमा दिएर सर्कुलर पठाएका छन्। उनीहरुले प्रमुख प्रतिपक्षी एमालेको समेत अवस्था बुझेर पठाउन मातहत कमिटीहरूलाई भनेका छन्।

आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय लिइसकेको अवस्थामा गठबन्धनका दलले त्यसलाई जिल्ला र पालिकास्तरमा लैजान सर्कुलर पठाएका हुन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाले आफ्ना जिल्ला तहमा गठबन्धनबारे छलफल गर्न निर्देशन पत्र पठाएका हुन् ।

त्यसअनुसार शुक्रबार दिनभर जिल्ला तहमा गठबन्धनको बैठक बसिरहेको छ । शनिबार बिहानदेखि पालिकास्तरमा छलफल गर्ने कार्यक्रम छ ।

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय लिएलगत्तै कांग्रेसले ७७ वटै जिल्ला सभापतिलाई पत्र पठाएको थियो ।

जिल्लालाई शुक्रबार नै उपयुक्त समयमा बैठक राख्न आग्रह गर्दै कांग्रेसले सर्कुलर पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित