Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाली कांग्रेसले विराटनगर महानगरको मेयरका लागि ७ जना र ११ उपमेयरका लागिको नाम सिफारिस

203
VIEWS

काठमाडौं- नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाका लागि मेयरको नाम सिफारिस गरेको छ।

मेयर आकांक्षी धेरै जना भएपछि महानगर कमिटीले प्रतिनिधि सभा सदस्यसहित वर्तमान मेयर र नगरसभापतिको नाम सिफारिस गरेको छ।

जसमा प्रतिनिधि सभा सदस्य डा डिला संग्रौला,  केन्द्रीय सदस्य अमृत अर्याल, मेयर भीम पराजुली, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चापागाईं, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उपमेयर इन्दिरा कार्की रहेका छन् । त्यस्तै उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज वर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ।

उनका अनुसार जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईं, केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा.डिला संग्रौला, बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्रीय कार्यालयमा बुझाएको छ। उपमेयरका लागि ११ जनाको नाम सिफारिस गरिएको चापागाईंले बताए।

उनका अनुसार उपमेयरमा नीरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित