Khabar Samachar

काठमाडौँमा आज पनि शिक्षकहरुको प्रदर्शन

205
VIEWS

सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा बिहीबार दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन्।

देशभरबाट आन्दोलनका लागि काठमाडौँ आएका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो। आन्दोलनका कारण माइतीघर, सिंहदरबार र नयाँबानेश्वरको सडकमा यातायात ठप्प छ।

आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ। बुधवारबाट सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ। शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित